काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि तयार गरिएको वार्षिक बजेट मन्त्रिपरिषद् बैठकबाट स्वीकृत गरेको छ।

शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले बजेट पारित गरेको जानकारी सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेल ले दिएका छन्।

मन्त्रिपरिषद्को स्वीकृतिपछि अब उक्त बजेट संघीय संसदमा प्रस्तुत गरिनेछ। अर्थमन्त्री स्वर्णिम वाग्ले ले संसदमा बजेट पेश गर्ने कार्यक्रम रहेको छ।