काठमाडौँ । सरकारले आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट आज सार्वजनिक गर्ने तयारी गरेको छ। बजेट प्रस्तुत गर्नुअघि त्यसलाई अन्तिम स्वीकृति दिन दिउँसो २:३० बजे मन्त्रिपरिषद्को बैठक बोलाइएको छ।

सिंहदरबारमा बस्ने उक्त बैठकले बजेट वक्तव्यलाई अन्तिम रूप दिँदै स्वीकृत गर्नेछ। मन्त्रिपरिषद्को अनुमोदनपछि अर्थमन्त्री स्वर्णिम वाग्लेले अपराह्न ४ बजे संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको आय–व्यय विवरण प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

संवैधानिक व्यवस्थाअनुसार प्रत्येक वर्ष जेठ १५ गते सरकारले बजेट सार्वजनिक गर्नुपर्ने प्रावधान रहेको छ।