काठमाडौं । बेलायती ब्रान्डको बेलाको होम एप्लाइसेन्सको प्रोडक्ट नेपाली बजारमा आएको छ । आईकेबीएस ग्रुप प्रालिले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर बेलाको ब्राण्डका होम एप्लाइसेन्स नेपाली बजारमा भित्रिएको जनाएको छ । यो ब्राण्डका सामग्री तथा उपकरणहरु बेलायत, कतार नेपालमा उपलब्ध हुँदै आइरहेको र आगामी दिनमा अन्य मुलुकमा पनि बजार विस्तार गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ ।

आईकेबीएस ग्रुपका प्रमुख कार्यकारी अधिकृत तथा एनआरएनएका यूकेका युवा संयोजक अब्दुल बसिदले बेलाको ब्राण्डका इलेक्ट्रिक्स सामान र उपकरणको शुभारम्भ गरेका हुन् ।
उनले बेलाको होम एप्लाइसेन्स बेलायती चर्चित ब्राण्डको इलेक्ट्रिक्स सामान नेपाली उपभोक्ताले प्रयोग गर्न पाउनु सुखद् रहेको बताए । ‘हामीले जुनसुकै काम गर्न पनि पहिला लक्ष्य हासिल गर्नुपर्ने हुन्छ,’ उनले भने‘ मेहनत गरेर मात्रै उपलब्धि चुम्न सकिन्छ ।’