काठमाडौं । नेप्सेले दुइ बैंककाे सेयर मूल्य समायोजन गरेकाे छ । नेप्सेमा एनआइसी एशिया बैंक र एभरेष्ट बैंकको सेयर मूल्य समायोजन भएको हाे ।

बुकक्लोज गरेसँगै नेप्सेले सेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।

एनआइसीले गत आव २०७९/८० को नाफाबाट वितरण गर्ने २९ प्रतिशत बोनस सेयरका आधारमा नेप्सेले सेयर मूल्य समायोजन गरेको हो । नेप्सेका अनुसार समायोजनपछि एनआइसीको नयाँ सेयर मूल्य ५९०.३१ रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, एभरेष्टको गत वर्षको नाफाबाट वितरण गर्ने १० प्रतिशत बोनस सेयरका आधारमा मूल्य समायोजन भएको हो । समायोजनपछि एभरेष्टको नयाँ मूल्य ५१४.५५ रुपैयाँ कायम भएको छ ।

दुवै बैंकको मंगलबार दोस्रो बजारमा सेयर कारोबार खुल्ने छ ।