काठमाडौं । बुधबार सुनको मूल्य बढेको । आज नेपाली बजारमा सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी महासँघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेर १ लाख ९ हजार ८ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ९ हजार ३ सय रुपैयाँ कायम रहेको छ ।
कारोबारको अघिल्लो दिन मंगलबार छापावाला सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेर १ लाख ९ हजार २ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ८ हजार ७ सय रुपैयाँ कायम रहेको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर १ हजार ३६० रुपैयाँले कारोबार भैरहेको छ ।