काठमाडौं । आज साताकाे पहिलाे दिन आइतबार शेयर बजारमा भारी गिरावट भएको छ । आज शेयर बजार नेप्से परिसूचक ३५.६७ अंकले घटेर १,९२१.२४ को विन्दुमा कायम भएको छ ।

आज १६ कम्पनीको शेयर मुल्य बढेको छ भने २१३ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज २८९ कम्पनीको ५८ लाख १५ हजार १८९ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ८० करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । आज कम्पनीको ६ करोड ७३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, रिलायबल नेपाल लाइफको ५ करोड ५७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको ५ करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिटिजन लाइफको ४ करोड ५५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको चार करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै बराही हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ९.५९ प्रतिशतका दरले कमाएका छन् । सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ का ९.४० प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै हिमालयन लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् । गरिमा डिबेञ्चरका इकाईधनीले १० प्रतिशतका दरले गुमाएका छन् ।

त्यस्तै, घलेम्दी हाइड्रोको ८.७०, माया खोला हाइड्रोपावरको ७.१७, मन्दाकिनी हाइड्रोपावरको ५.९९, सगरमाथा जलविद्युतको ५.७९, थ्री स्टार हाइड्रोपावरको ५.५३, यूनियन हाइड्रोपावरको ५.४१, मध्य भोटेकोशी जलविद्युतको ४.९३ र अपि पावर कम्पनीको ४.७३ प्रतिशतले शेयरमूल्य घटेको छ ।

यी हुन् सबैभन्दा धेरै कमाउने कम्पनी :

यी हुन् सबैभन्दा धेरै गुमाउने कम्पनी :