काठमाडौं । जेठ १५ गते संसदमा प्रस्तुत गरिने आगामी आर्थिक वर्ष २०८०7८१ को बजेटको तयारीका लागि मन्त्रालयगत बजेट सूचना प्रणाली (एलएमबीआईएस) बन्द गरिएको छ ।

नयाँ बजेटको तयारीका लागि सचिवस्तरीय निर्णयबाट ११ जेठ (बिहीबार)देखि १६ जेठसम्मका लागि यो प्रणाली बन्द गरिएको हो । सरकारले १५ जेठमा आगामी आर्थिक वर्ष २०८०7८१ को बजेट संघीय संसदमा सार्वजनिक गर्नेछ ।

वार्षिक बजेट प्रणालीमा आवद्ध रहेर सरकारी स्रोतबाट कार्यान्वयन हुने गरी तय गरिएका सबै कार्यक्रमको तयारी र त्यसका लागि आवश्यक बजेट विनियोजन कार्य सहज बनाउन विकास गरिएको प्रणाली एलएमबीआईएस हो ।