काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले केवाईसी ( ग्राहक पहिचान विवरण) अद्यावधिक गर्न आग्रह गरेको छ । बैंकले केवाईसी अद्यावधिक नगराएका ग्राहकले अद्यावधिक नगरेसम्म कारोबार गर्न नमिल्ने बैंकको नीतिगत व्यवस्था रहेको जानकारी गराएकाे हाे ।
बैंकमा खाता खोलि हालसम्म पनि केवाईसी अद्यावधिक नगराएका ग्राहकलाई एक सूचना जारी गर्दै बैंकले अद्यावधिक गर्न बैंकले भनेको छ ।
बैंकले अद्यावधिक गराएका ग्राहकको विवरणमा परिवर्तन भएमा सोही बमोजिम ग्राहक पहिचान विवरण उपलब्ध गराउनसमेत आग्रह गरेको छ । ग्राहकले आफूलाई सहज पर्ने जुनसुकै शाखामा गई अद्यावधिक गराउन सकिने बैंकले जनाएको छ ।