काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ९ लाख ३३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तको खुद नाफा ६० लाख २२ हजार रुपैयाँ ऋणात्मक थियो ।

असोज मसान्तसम्म लघुवित्तको खुद ब्याज आम्दानी ११८.९१ प्रतिशत बढेर १ करोड २९ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा लघुवित्तले ५९ लाख २७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

तीन महिनाको अवधिमा लघुवित्तको कुल सञ्चालन आम्दानी ५५.७८ प्रतिशत बढेर १ करोड ९४ लाख रुपैयाँ, सञ्चालन मुनाफा १४ लाख ६६ हजार रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी ४ प्रतिशत बढेर १० करोड १४ लाख रुपैयाँ, जगेडा कोष ६.९७ प्रतिशत घटेर २ करोड ४८ लाख रुपैयाँ, सापटी रकम १०.४९ प्रतिशत बढेर ९१ लाख ४५ हजार रुपैयाँ, निक्षेप २७ करोड ५६ लाख रुपैयाँ र कर्जा प्रवाह ५.५८ प्रतिशत बढेर १ अर्ब ३१ करोड ५१ लाख रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी पनि धनात्मक भएको छ । लघुवित्तको प्रतिसेयर आम्दानी ३.६८ रुपेयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १२४.५४ रुपैयाँ रहेको छ । लघुवित्तको खराब कर्जा ०.३२ प्रतिशत बढेर ४.२७ प्रतिशत पुगेको छ ।