काठमाडौं। माछापुच्छ्रे बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १ अर्ब १० करोड २६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा २८.८९ प्रतिशत धेरै हो । गत वर्षको यसै अवधिमा बैंकले ८५ करोड ५४ लाख रुपैयाँ नाफा कमाएको थियो ।
यस अवधिमा बैंकको इम्पेयरमेन्ट चार्ट ९४ करोड ४३ लाखबाट घटेर ७१ करोड ५६ लाख रुपैयाँ कायम भएको छ । उक्त चार्ज घट्दा नाफामा सुधार देखिएको हो । त्यस्तै यस समिक्षा अवधिमा खुद ब्याज आम्दानी पनि ३ अर्ब ८४ करोडबाट बढेर ४ अर्ब २५ करोड पुगेको छ ।
११ अर्ब ६२ करोड १३ लाख ५७ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको ६ अर्ब ४३ करोड ३० लाख रुपैयाँ जगेडा कोषमा जम्मा छ ।
यस अवधिमा बैंकको बैंकको लाभांश वितरण क्षमता ७ करोड ७ लाख रुपैयाँ रहेको छ । यस्तैगरी बैंकको प्रतिसेयर नेटवर्थ १५६.२० रुपैयाँ पुगेको छ भने प्रतिसेयर आम्दानी १२.६५ रुपैयाँ छ।







