काठमाडौं । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले पहिलो त्रैमासमा पाँच करोड ११ लाख रुपैयाँ बराबरको खुद नाफा कमाएको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा तीन करोड ४ लाख रुपैयाँ कमाएको थियो ।

कम्पनीको चालु आर्थिक वर्षको असोज महिनासम्ममा महाविपत्ती कोषमा सात करोड २१ लाख रुपैयाँ, संचिती जगेडा कोषमा ११ करोड ९५ रुपैयाँ रहेको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले ५८ करोड ३४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३८ करोड ९५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो ।

कम्पनीले समीक्षा अवधिमा २२ करोड ५२ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १० करोड ११ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीले एक करोड ४४ लाख रुपैयाँ अभिकर्ता कमिशनमा खर्चिएको छ । असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ६ रुपैयाँ ७५ पैसा र प्रतिशेयर नेटवर्थ १६० रुपैयाँ २० पैसा रहेको छ ।