काठमाडौँ । नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले आर्थिक वर्ष २०८०/८१ को निजी क्षेत्रका लागि बजेट सकारात्मक आएको बताएका छन् । अर्थमन्त्री प्रकाशशरण महतले बजेट प्रस्तुत गरेपछि बजेट बारे प्रतिक्रिया दिँदै अध्यक्ष ढकालले यस्तो बताएका हुन् ।
‘उद्योग सम्बन्धी जग्गाको हदबन्दी, जग्गाको भोगाधिकार लगायतका कुरा बजेटमा समेटिए जसरी कार्यान्वयन भए सकारात्मक देखिएको छ ,’ उनले भने ।
निजी क्षेत्रले उठाएका मुद्दा समेटिएको भन्दै अध्यक्ष ढकालले बजेट राम्रो प्रस्तुत भए पनि यसको कार्यान्वयन नहुने हाम्रो परम्परागत समस्या रहेको बताएका छन्। ‘बजेटबाट आर्थिक ऐनमा आएपछि मात्र समग्रमा भन्न सकिन्छ । निजी क्षेत्रले उठाएका मुद्दा समेटिएको छ । यसमा हामीले सकारात्मक रुपमा लिएका छौं,’ अध्यक्ष ढकालले भने ।