काठमाडौं । ग्लोलब आइएमई क्यापिटलले बि.ओ.के. क्यापिटललाई गाभ्ने भएको छ । माउ संस्था (ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू)एक आपसमा मर्ज भएपछि ग्लोलब आइएमई क्यापिटलले बि.ओ.के.क्यापिटललाई गाभ्ने भएको हो ।
ग्लोलब आइएमई क्यापिटलले बि.ओ.के. क्यापिटललाई सेयर स्वाप अनुपात १००ः५३.१७ रेसियोमा प्राप्ति गर्नेछ । अर्थात् ग्लोबल आइएमई क्यापिटलको ५३ कित्ता सेयर बराबर बि.ओ.के. क्यापिटलको १०० कित्ता हुनेछ ।
दुवै कम्पनीबीच एकआपसमा मर्ज हुने प्रस्ताव पारित गर्न विशेष साधारण सभा बोलाएका छन् । ग्लोबल आइएमई क्यापिटलको जेठ १४ गते र बि.ओ.के. क्यापिटलको जेठ १२ गते बसेको सञ्चालक समितीको बैठकले असार ३ गते विशेष साधारण सभा बोलाएका हुन् ।
विशेष सभाले दुवै क्यापिटल एक आपसमा मर्जरमा जानका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ । बि.ओ.के.क्यापिटललाई प्राप्ति पश्चात् अधिकृत, जारी तथा चुक्ता पूँजी बृद्धि हुने भएकाले प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ ।