काठमाडौँ। आज साताको अन्तिम कारोबारका दिन नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुनको मूल्यमा पछिल्लो तीनदेखि निरन्तर रूपमा बढोत्तरी भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार हिजो प्रतितोला १ लाख १८ हजार ४ सयमा कारोबार भएको सुन आज तोलामा ६ सयले बढेर १ लाख १९ हजार कारोबार भइरहेको छ ।
महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला १ लाख १८ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, चाँदीको मूल्य आज प्रतितोला १३ सय ९० रुपैयाँ कायम भएको छ ।







