काठमाडौँ। लामो समयसम्म सामान्य अंकमा घटबढ भएको सुनको मूल्यमा साताको पहिलो कारोबार दिन भने भारी अंकले सुनको मूल्य बढेको छ ।

आज आईतवारका दिन नेपाली बजारमा एकै दिन सुन प्रतितोला २ हजार बढेको छ। अघिल्लो कारोबार दिन अर्थात् शुक्रवार प्रतितोला १ लाख १९ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज २ हजार रुपैयाँले बढेको हो ।

आज छापावाला सुन प्रतितोला १ लाख २१ हजार रुपैयाँमा कारोबार नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघको अनुसार आज तेजावी सुन तोलामा १ लाख २० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै आज चाँदीको मूल्य आज ३० रुपैयाँले बढेको छ। चाँदी आज प्रतितोला १ हजार १४ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।