काठमाडौं । नेपाल हुदै चीन जोड्ने मुस्ताङको कोराला नाका पूर्ण रूपमा सञ्चालन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष माग गरिएको छ ।

बागलुङको सर्वसिद्धिधाम पञ्चकोटमा आयोजित ‘अनन्तश्री ब्रह्माण्डीय महायज्ञ’मा सहभागी प्रधानमन्त्री दाहालसमक्ष नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको विकासका लागि कोराला नाका नियमित सञ्चालन सरु गर्नका लागि आग्रह गरेका छन् ।

ढकालले केही समयअघि भएको चीन भ्रमणका क्रममा कोरोला लगायत नेपालसँगका उत्तरी नाका सञ्चालनमा प्रधानमन्त्रीले लिएको पहलप्रति आभार व्यक्त गर्दै कोराला नाका छिट्टै पूर्ण रूपमा सञ्चालनमा आउनेमा विश्वासरत रहेको बताँएका छन् ।

“काली गण्डकी कोरिडोर र मध्य पहाडी लोक मार्ग आयोजनालाई समयमै सम्पन्न गर्न सकिएमा कोराला नाकालाई सक्रिय र सहज रूपमा सञ्चालनमा ल्याउन सकिन्छ, यसतर्फ प्रधानमन्त्री र सरकारको विशेष ध्यान जानेछ भन्ने हाम्रो विश्वास छ”,अध्यक्ष ढकालले भने।

सर्वसिद्धिधाम पञ्चकोटका सङ्कल्पकर्ता स्वामी कमलनयनाचार्यले चीन जोड्ने कोरोला नाका सञ्चालन हुनसकेमा मुलुकको समृद्धिमा ठुलो टेवा पुग्ने ढकालको भनाई छ। “मुक्तिनाथ क्षेत्र हुँदै मानसरोकारको यात्रा गर्न सकिने अवस्था सिर्जना गर्न सकियो भने धार्मिक पर्यटनका माध्यमबाट देशले ठुलो लाभ लिन सक्छ, यसतर्फ प्रधानमन्त्रीज्यूमार्फत सरकारको ध्यान जाओस्”, ढकालले भने ।

पञ्चकोटबाट मुक्तिनाथ हुँदै कोरोला नाका जोड्ने सडक निर्माणलाई उच्च प्राथमिकता राख्नका लागि प्रधानमन्त्रीसमक्ष ढकालले आग्रह गरेका छन् ।

प्रधानमन्त्री दाहालले बागलुङ, म्याग्दी हुँदै मुस्ताङको कोराला नाका जोड्ने सडकको स्तरोन्नतिका लागि सरकारको आगामी नीति तथा कार्यक्रम र बजेटमा प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन्।“प्रधानमन्त्रीका हैसियतले कोरोला नाकालाई नियमित सञ्चालन गर्ने र त्यहाँको सडक निर्माणमा मेरो ध्यान गएको छ, आगामी सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेटमा पनि यो विषय प्राथमिकताका साथ समेटिन्छ”,