काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रियमानस्थल विबाट सुन जस्तो देखिने पहेँलो धातुको करिब २ सय १० ग्राम तौलको विभिन्न गरगहनासहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्युठान ऐरावती गाउँपालिका- ६ घर भएकी २८ वर्षीया संगीता परियारलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । संगीता परियार फलाई दुबईको उडानद्वारा दुबईबाट काठमाडौँ आएकी हुन ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटमा जाँच गर्ने क्रममा भन्सार छली गरी लैजान लागेको अवस्थामा उक्त धातुको लकेट सहितको सिक्री १ थान, ब्रासलेट १ थान, औँठी ३ थान, रानी हार १ थान, मिनिहार १ थान, मंगलसुत्र २ थान, कानमा लगाउने झुम्का २ जोर र औँठी १ थानसहित फेला पारी पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि भन्सार कार्यालय गौचरमा बुझाइने प्रहरीले जानकारी दिएको छ । ।