काठमाडौँ। सोमबारका दिन सर्वाधिक मूल्य कायम भएको सुनको मूल्य आज मङ्गलवारका दिन भने घटेको छ । अघिल्लो दिन प्रतितोला १६ सय रुपैयाँले बढेको सुनको मूल्य आज भने प्रतितोला ४ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोला ४ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ३१ हजार २ सय रुपैयाँ कायम भएको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य पनि ४ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ३० हजार ५५० कायम छ । अघिल्लो दिन नेपाली बजारमा सुनको मूल्य हालसम्मकै महँगो बनेको थियो ।
नेपाली बजारमा आज सुनको मूल्य घटेपनी चाँदीको मूल्य भने सामान्य अंकले बढेको छ । चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार ५ सय ४५ रुपैयाँ कायम भएको छ ।