काठमाडौँ।  आज बुधवार वैशाख ५ गतेका दिन सेयर बजार बन्द हुने भएको छ। सेयर बजारसँगै बैङ्क–वित्तीय संस्था र सार्वजनिक कार्यालय पनि बन्द हुनेछन् ।

आज राम नवमीको अवसरमा सरकारले सार्वजनिक बिदा दिएकाले सेयर बजार लगायत  बैङ्क–वित्तीय संस्था बन्द हुने भएको हो । सेयर बजार अब वैशाख ६ गते बिहान ११ बजे खुल्नेछ ।

यसअघि मङ्गलवार बजार १४.८१ अंकले घटेर १९९१.७१ अंकमा बन्द भएको थियो । उक्त दिन २ अर्ब १० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको थियो । पछिल्लो केही समय यता शेयर बजारमा निरन्तर गिरावट आइरहेको छ।