काठमाडौं ।  माघदेखि चैत्र मसान्तसम्मको अवधिमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको चालु आर्थिक वर्षको पुँजीगततर्फ ०.० प्रतिशत खर्च भएको छ।

आर्थिक वर्षको तेस्रो चौमासिकका लागि चैत मसान्तसम्ममा विनियोजितमध्येमा चालुतर्फ जम्मा ४६ दशमलव ९० प्रतिशत मात्रै खर्च भएको हो ।  चालु आर्थिक वर्षको गत चैत मसान्तसम्म जम्मा खर्च ४२ दशमलव ६६ प्रतिशत भएकामा तेस्रो चौमासिकमा भने शून्य खर्च भएको मन्त्रालयको तथ्याकंमा उल्लेख छ ।

त्यस्तै यस आर्थिक वर्षमा चालुतर्फ ३७ दशमलव ४६ प्रतिशत र पुँजीगततर्फ शून्य दशमलव १४ प्रतिशत गरी जम्मा खर्च ४२ दशमलव ६६ प्रतिशत भएको मन्त्रालयले जनाएको छ । यस आर्थिक वर्षमा चालुतर्फ रु ६३ करोड ५३ लाख र पुँजीगततर्फ रु ११ करोड ४३ लाख गरी कूल ७४ करोड ९७ लाख रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको चालु आर्थिक वर्षको वैदेशिक अनुदान रु दुई ५३ करोड ७६ लाख र वैदेशिक अनुदानतर्फ रु चार अर्ब ९४ करोड दुई लाख रहेको छ ।