काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीकी सिनियर एजेन्सी म्यानेजर हुन् पुजना सुवेदी (पौडेल)। उनले हेटौडाबाट बीमामा योगदान दिन पाएकोमा खुशी व्यक्त गरेकी छिन्। आजभन्दा करिब तीन वर्ष अघि बीमा क्षेत्रको यात्रा शुरु गरेकी पौडेलले आफू बीमा क्षेत्रको बारेमा पूर्ण जानकार नभए पनि बीमामा लागेर धेरै कुराहरु जान्न पाएको बताएकी छिन्।

हेटौडा-४ हुप्राचौरकी प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सकी सिनियर एजेन्सी म्यानेजर पौडेलले आर्थिक भ्वाईससँग भनिन्,‘बीमामा लाग्नु अघि मलाई यो क्षेत्रको बारेमा खासै ज्ञान थिएन । बीमामा लागेपछि धेरै कुराहरु जान्न,सुन्न र देख्न पाइयो । वास्तवमा बीमा क्षेत्र भनेको युवा पुस्ताहरुको लागि निकै धेरै अवसरहरु भएको र आर्थिक समृद्धि हासिल गर्न सकिने ठाउँ रहेछ । अब त म अरुलाई पनि यो पेशामा आवद्ध हुन र आर्थिक रुपमा बलियो हुन सल्लाह दिन चाहान्छु।’

फेमिलिबाट राम्रो सर्पोट
बीमाको यात्रा सुरु गर्दा यसबारे बुझ्न कठिन भए पनि आफ्नो घर,परिवार तथा श्रीमानले बीमामा काम गर्न प्रेरणा दिएको उनले सम्झिइन। कुनै पनि व्यक्ति सफल हुन उसलाई आफ्नो घर,परिवारको साथले ठूलो मद्दत हो गर्ने उनको अनुभव छ भने त्यो सर्पोट आफूले पाउँदा उनले खुशी व्यक्त गरेकी छिन्।

मिलेर काम गर्दा सफल भइने
उनले शुरुवाती दिनमा आफूले बीमा नबुझे पनि आफ्नो घर,परिवार तथा श्रीमानले बीमामा काम गर्न प्रेरणा दिएको बताउँदै कुनै पनि व्यक्ति सफल हुन उसलाई आफ्नो घर,परिवारको साथले ठूलो मद्दत हो गर्ने अनुभव सुनाएकी छिन्।

शाखा प्रमुखको सल्लाहले बीमामा जोडिइन
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सकी सिनियर एजेन्सि म्यानेजर पौडेलले आफ्नो बीमा कम्पनीमा काम गर्ने एकजना साथीको सुझावबाट आफू बीमा अभिकर्ता पेशामा लागेको बताएकि छिन भने उनले घरधन्दा सकिए पछिको फुर्सदको सदुपयोग गरेर बीमा क्षेत्रमा स्वतन्त्ररुपमा काम गर्न सकिने उदाहरण दिएकी छिन् । शुरुवाती चरणमा ती ब्रान्च म्यानेजरले बीमा क्षेत्रमा काम गर्न प्रस्ताव गर्दा उनलाई आफू यो क्षेत्रमा सफल हुने हो कि होइन भन्ने उनमा दोधारको अवस्था थियो । बिस्तारै जब उनी यो क्षेत्रमा भिज्दै गएपछि यो पेशाले उनलाई सफलतासँगै अड्यायो । व्यवस्थापनमा स्नातकसम्मको अध्ययन गरेकी उनले यो पेशामा समयसिमाको पाबन्दी नभएको र आफ्नो रोजाईको समयमा काम गर्न सकिने सुविधा मनपर्ने पक्ष भएको बताइन् । उनले बीमा पेशामा निरन्तर रुपमा खट्ने मान्छेले अवश्य पनि त्यसको फल प्राप्त गर्ने अनुभव सुनाएकी छिन् ।

सिनियर एजेन्सी म्यानेजर पौडेलले आफ्नो बीमा क्षेत्रको यात्रा मकवानपुरस्थित हेटौडाबाट सुरु भएको र आफूले सोचेजस्तै बीमा व्यवसाय बिस्तार गर्न सफल भएको बताएकी छिन् । आफ्नो घर छिमेकको एक,दुईजनाले बीमा गराए त्यसपछि बीमाको सकारात्मक प्रचार प्रसार निकै बढी भएको उनले स्मरण गरेकी छिन् । विगतमा उनलाई बीमा आफ्नो फाइदाको लागि मात्रै गरेको हो कि भन्दा उनले छिमेकीहरुले बीमाको महत्व बुझेपछि आफूलाई सम्झी सम्झी धन्यवाद दिने गरेको र बीमासँग नजिक हुन चाहेको किस्सा पनि सुनाएकी छिन्।

कोरोनाको कारण टार्गेटमा बाधा
उनले आफूले बीमा अभिकर्ताका लागि प्रतिष्ठाको विषय मानिने एमडीआरटी उपाधी प्राप्तीका लागि लक्ष्य नजिक पुगे पनि सफलता नमिलेको प्रसङ कोट्याउँदै भनिन्, त्यति बेला ३८ लाखको टार्गेट थियो, आफूले लक्ष्य अनुसारको बीमा गर्दा गर्दै ३० लाखभन्दा बढी गर्न सकिन । उनको अनुभवमा अहिले बजारमा मन्दीका कारण परार जस्तो ठूलो बीमांकको बीमा गर्ने बीमित घटेका छन्, त्यसैले पनि एमडिआरटी लक्ष्य पुरा गर्न सहज अवस्था भने छैन । उनले एमडिआरटी आफूले बीमा क्षेत्रको महत्वपूर्ण अन्य उपाधी डीसीईओ क्लब, एजिएम क्लब जस्ता उपाधीहरु भने पाउँन सफल भएको बताएकी छिन् । तर, बीमा भनेको हिम्मत हारेर भन्दा पनि नयाँ जोशका साथ अघि बढ्दा सफल हुने पेशा हो भन्ने उनलाई राम्रोसँग थाहा भइसकेको छ। पैसा हुने र हुनेखाने व्यक्तीहरु मात्रै बीमामा सरिक रहेकाले पनि उनले गरिबहरुलाई झनै आर्थिक जोखिम बढी हुने भएकाले उनीहरु पनि बीमाको दायारामा ल्याउन सबैको प्रयास हुनुपर्ने उनको धारणा छ।

बीमा र विदेश यात्रा अहिले सामान्य
उनले बीमा क्षेत्रबाट अन्य विभिन्न अवसरहरु पाइने प्रसंग जोड्दै बीमाबाटै विदेश जाने अफर समेत पाइने बताएकी छिन् भने जीवन बीमा कम्पनीहरुले बीमा व्यवसायलाई नै आधार मानेर विभिन्न देश भ्रमण गर्ने अवसरहरु दिँदै आएका छन् । उनले आफूलाई पनि दुबई जाने अवसर पाएको बताइन्। बीमा क्षेत्रमा उत्कृष्ट व्यवसाय गरे वापत पाइने सुविधाहरु पनि आकर्षक रहेको उनले सुनाएकी छिन्।

बिना लगानी पैसा कमाईने पेसा रहेछ बीमा
बोलिको भरमा पैसा कमाईले पेशाको रुपमा बीमा पेशालाई उनले चित्रण गर्न रुचाएकी छिन्। आफूले बोलेको भरमा नै पैसा कमाईले भएकाले बीमा पेशा अन्य कैयौं पेशाको तुलनामा उत्तम पेशा रहेको उनी बताउँछिन् । सबैभन्दा राम्रो कुरा भनेको बिना लगानीमै पैशा कमाउन चाहनेहरुलाई बीमा पेशा सहि हुने उनको बुझाई छ । त्यस्तै, उनले विगतमा दाबी भुक्तानी ठूलै समस्या रहे पनि पछिल्लो समय बीमा क्षेत्रमा त्यस्तो समस्या निकै कम रहेको बताएकी छिन् । पहिले पहिले बीमा कम्पनीहरुले दाबी भुक्तानी नदिएको घटनाहरु प्रचार प्रसार हुने भए पनि अहिले भने दाबी भुक्तानी पाएका घटनाहरुकै बढी सुनिन थालेको बताएकी छिन्।

हेटौडामा पनि बीमा चेतना आवश्यक
देशको राजधानीबाट हेटौडा नजिकै रहेको छ। कतिपय अवस्थामा हेटौडालाई देशकै राजधानी बनाउने कुराहरु पनि चलिरहेको हामीले पाउँछौ । तर, धेरै कुराहरुमा अगाडी रहेर पनि हेटौडामा बीमा चेतना भने कम रहेको पाइन्छ । विगतको तुलनामा अहिले बीमाको दायरा नबढेको त होइन तर पनि देशको प्रमुख शहर मध्ये एकमा नाम चलेको,अन्य भौतिक पूर्वाधारमा विकसीत रहे पनि हेटौडा बीमा चेतनाको आधारमा भने त्यति धेरै चर्चामा आएको पाइदैन । सिनियर एजेन्सी म्यानेजर पौडेलले जति धेरै बीमा चेतना बढाउन सकियो त्यती नै धेरै आर्थिक रक्षावरण हुने धारणा व्यक्त गरेकी छिन् । लामो समयदेखि अरुको आर्थिक रक्षावरणका लागि बीमा पेशा अँगालेकी उनले हेटौडाका हरेक व्यक्तीहरुले आफ्नो जीवन बीमा गर्नु पर्ने र जीवनमा नसोचेका भवितव्यहरु आईपर्दा त्यसबाट लाभ लिनुपर्ने सुझाव दिएकी छिन् ।

उनले बीमा भनेको बीमा कम्पनीको लागि होइन,या भनौ अभिकर्ताको लागि मात्रै होइन यो त स्वयम व्यक्ती जसले बीमा गर्छ उसको लागि हो भन्ने बताएकी छिन्। साथै, पछिल्लो समय एकजनाको बीमा गराउँदा अर्को नयाँ मान्छेले पनि बीमा गरौ भन्ने प्रस्ताव ल्याउँदा निकै खुशी लाग्ने गरेको अनुभव पनि उनले सुनाएकी छिन्। उनले हरेक शहर र गाउमा जोखिम हुने भएको जो जहाँ बसे पनि बीमा गर्न सल्लाह दिएकी छिन्।