काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सरकारले हालको प्राथमिकता अर्थतन्त्रमा नगद प्रवाह वृद्धि र राजस्व सुदृढीकरणमा केन्द्रित रहेको बताएका छन्।

आइतबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले देशभित्र उत्पादन भएका वस्तुहरूलाई अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्न सहज वातावरण बनाइँदै आएको जानकारी दिए। उनका अनुसार निर्यातमा लाग्ने कर तथा केही शुल्कहरू अस्थायी रूपमा छुट दिइएको छ, जसले निर्यातमुखी अर्थतन्त्रलाई प्रोत्साहन गर्ने लक्ष्य राखिएको छ।

प्रधानमन्त्री शाहले अहिलेको मुख्य आवश्यकता आत्मविश्वासभन्दा पनि तत्काल आर्थिक स्रोत विस्तार भएको उल्लेख गर्दै सरकारले आर्थिक क्षमता मजबुत बनाउन ध्यान केन्द्रित गरेको बताए। उनले निर्यात प्रवर्द्धनका केही नीतिगत सहुलियतहरू दुई वर्षका लागि लागू गरिएको पनि स्पष्ट पारे।