काठमाडौँ। सर्वसाधारणका लागि युनाईटेड मेवाखोला हाइड्रोपावर लिमिटेडले  आईपीओ निष्कासन गर्ने भएको छ।

कम्पनीले १ अर्ब ६१ लाख ७० हजार रुपैयाँ बराबरको रु १०० अंकित दरका १ करोड ६१ लाख ७० हजार कित्ता आईपीओ निष्कासन गर्ने तयारी थालेको छ ।

कम्पनीले आईपीओ निष्कासनको प्रत्याभूतिकर्ताको रूपमा नागरिक लगानी कोष (सीआईटी)लाई नियुक्त गरेको छ। सेयर प्रत्याभूति कार्य गर्ने सम्बन्धमा कोषका तर्फबाट कार्यकारी निर्देशक पर्वत कुमार कार्की र युनाईटेड मेवाखोला हाइड्रोपावरको तर्फबाट अध्यक्ष आषिश थापाले सम्झौता–पत्रमा हस्ताक्षर गरेका छन् ।