काठमाडौं । काठमाडौँ महानगरपालिकालाई उच्च अदालत पाटनले सामुदायिक विद्यालयका भाडामा लगाएका सटर तत्काल बन्द नगर्न अल्पकालीन अन्तरिम आदेश जारि गरेको छ ।
उच्च अदालतका न्यायाधीश लेखनाथ पौडेलको एकल इजलासले विद्यालयका भाडामा लगाएका सटरमा ताला नलगाउन काठमाडौँ महानगरपालिकालाई आदेश दिएको हो।
तुलसीप्रसाद अगस्तीले दर्ता गरेको निवेदन उपर अदालतले बिहीबार यस्तो आदेश दिएको हो। अदालतले यहिँ असार ७ गतेसम्म सटर बन्द नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ। साथै अदालतले छलफलका लागि महानगरलाई बोलाएको छ।
केहि दिनयता काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयले भाडामा लगाएका सटरमा ताला लगाइरहेको छ । महानगरले हालसम्म २७ विद्यालयका ३४० सटरमा ताला लगाइसकेको छ ।







