काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको चौथो त्रौमासको बित्तिय विवरण सार्बजनिक भएको छ। संस्थाले यस अवधिमा २ करोड ५९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म भने संस्थाले १६ लाख ७६ हजार रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो । एक वर्षको अवधिमा संस्थाको खुद नाफा १ हजार ४४९ प्रतिशतले बढेको छ ।
यस अवधिमा संस्थाको खुद ब्याज आम्दानीमा पनि वृद्धि भएको छ । संस्थाले गत आवको चौथो त्रैमाससम्ममा ८ करोड २८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ४७.९४ प्रतिशतले बढी हो । अघिल्लो आवको चौथो त्रैमाससम्म संस्थाले ५ करोड ६० लाख रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको थियो ।
चौथो त्रौमासकोसम्म संस्थाले ३ करोड ६० लाख रुपैयाँबराबरको सञ्चालन मुनाफा आर्जन गरेको छ । जुन रकम अघिल्लो आवको तुलनामा १ हजार ४१८ प्रतिशतले बढी हो । यस्तै संस्थाको कमिशन आम्दानी ३० लाख ९३ हजार रुपैयाँ र अन्य सञ्चालन आम्दानी २ करोड ९६ लाख रुपैयाँ रहेको छ ।
समिक्षा अवधिमा संस्थाको रिजर्भको आकार ११४.६० प्रतिशतले बढेर ४ करोड ७१ लाख रुपैयाँ पुगेको छ । समीक्षा अवधिसम्म संस्थाको निक्षेप संलकन ३४ करोड ९४ लाख र कर्जा प्रवाह १ अर्ब ६८ करोड रुपैयाँ रहेको छ ।
संस्थाको खराब कर्जा अनुपात पनि घटेको छ। अघिल्लो आवको चौथो त्रैमाससम्म ६.३६ प्रतिशत रहेको खराब कर्जा अनुपात घटेर २.४६ प्रतिशत हुन् पुगेको छ।
यस अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी २५.६१ रुपैयाँ,प्रतिसयर नेटवर्थ १४६.५२ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ७५८.६६ रुपैयाँ,मूल्य आम्दानी अनुपात ७१.२२ गुणा र तरलता अनुपात ६.५१ प्रतिशत रहेको छ ।







