काठमाडौँ। नुवाकोटको शिवपुरीमा हेलिकप्टर दुर्घटना भएको छ । उक्त दुर्घटनामा ५ जनाको मृत्यु भएको छ ।

आज काठमाडौँबाट रसुवाका लागि उडेको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको हो ।नागरिक उड्डयन प्राधिकरणका अनुसार हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएको जानकारी दिएको छ ।

घटना लगत्तै सेनाको हेलिकप्टर उक्त घटनास्थलमा पुगेको छ भने प्रहरी र सेनाका साथै स्थानीय समेत उद्धारमा खटिएका छन् । हेलिकप्टरमा क्याप्टेन अरुण मल्ल सहित अन्य चार जना चिनियाँ पर्यटक सवार थिए ।उनीहरु सबैको मृत्यु भएको हो।

मृत्यु हुनेमा चिनियाँ पर्यटकमा जुदाड टाङ (पुरुष), जी लि (पुरुष), यियाद वु –महिला० र जेमिङ सी (पुरुष) रहेका छन्। घटनाको थप विवरण आउन बाकी रहेको प्रहरीले जनाएको छ ।