काठमाडौँ– वाराही हाइड्रोपावर पब्लिक लिमिटेडले हकप्रद शेयर जारी गर्ने भएको छ । कम्पनीको ९औँ साधारण सभाले पारित गरेसँगै हकप्रद शेयर जारी गर्ने जनाएको छ ।
कम्पनीको वार्षिक साधारण सभा असोज १८ गते काठमाडौँको कलकींमा बस्दै छ। सभाको हकप्रद सहित २०८०–०८१ को वार्षिक प्रतिवेदन छलफल, वासलात, नाफा–नोक्सान हिसाब छलफल र लेखा परीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण समेत प्रस्ताव रहेको छ।





