काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले नेपाल पुलिस क्लबलाई नगदसहित सम्मान गरेको छ ।
काभा महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको भन्दै कम्पनीले च्याम्पियन टोलीका खेलाडी, प्रशिक्षक, अफिसियललाई गरी १६ जनालाई सम्मान गरेको हो । च्याम्पियन टोलीका खेलाडी, प्रशिक्षक, अफिसियललाई जनही ५० हजारसहित सम्मान गरेको कम्पनीले जनाएको छ । साथै, सम्पूर्ण खेलाडीको २ लाख बराबरको हेल्थ इन्स्योरेन्स समेत गरिदिने शिखर इन्स्योरेन्सले जनाएको छ ।
च्याम्पियनसिपमा विधागत उत्कृष्ट भएवापत तीन खेलाडीलाई थप ५०–५० हजार प्रदान गरिएको थियो । मोस्ट भ्यालुएबल प्लेयर उषा भण्डारी र उत्कृष्ट आउटसाइड हिटर बनेकी थिइन् । उनले थप एक लाख पुरुस्कार प्राप्त गरिन । यस्तै उत्कृष्ट मिडल ब्लकर सुमित्रा रेग्मी र उत्कृष्ट लिबेरो शान्तिकला तामाङले थप ५०–५० हजार पाएका थिए ।
मुख्य प्रशिक्षक रुपेश विष्ट र सहायक प्रशिक्षक सुशीला थापाले पनि ५० हजारसहित सम्मान थापे । च्याम्पियन खेलाडीलाई शिखर इन्स्योरेन्सका अध्यक्ष गौरव अग्रवाल, सीईओ दीपप्रकाश पाण्डेलगायतले सम्मान प्रदान गरेका थिए । माल्दिभ्सको मालेमा शनिबार सम्पन्न च्याम्पियनसिपको फाइनलमा अपराजित रहेको पुलिसले उज्वेकिस्तानको हुमो क्लबलाई ३(० को सोझो सेटमा हराएको थियो।






