काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनामा एलआइसी नेपालले सात करोड ८८ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ ।
जुन गत आर्थिक वर्षको तुलनामा कम्पनीको मुनाफा ३५ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले पाँच करोड ८१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यस अवधिमा कम्पनीले चार अर्ब ५७ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत आवको सोही अवधिमा चार अर्ब ५१ करोड रुपैयाँ मात्रै आर्जन गरेको थियो ।
यो तीन महिनाको अवधिमा कम्पनीको जीवन बीमा कोषमा एक खर्ब २४ अर्ब नौ करोड रुपैयाँ सचिंत रहेको छ । जुन गत आवको सोही अवधिमा एक खर्ब २० अर्ब रुपैयाँ रहेको थियो यो गत आर्थिक वर्षको भन्दा ३.१९ प्रतिशतले बढी हो ।
यस्तै समीक्षा अवधिमा कम्पनीको जगेडा कोष दुई अर्ब ६९ करोडबाट वृद्धि भई दुई अर्ब ७७ करोड रुपैयाँको बन्न पुगेको छ ।
यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ७७ पैसाबाट बढेर ११ रुपैयाँ ८८ पैसा पुगेको छ ।







