काठमाडौँ। अघिल्लो दिन सामान्य घटेको सुनको मूल्य आजफेरि बढेको छ । घरेलु बजारमा आज सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ५० हजार ३ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि बढेको छ। चाँदीको मूल्य ३० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ८४५ रुपैयाँ कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा भने सुनको मूल्यमा गिरावट आएको छ। आज सुनको मूल्य ०.५४ प्रतिशत अर्थात् १४ डलरले घटेको छ ।