काठमाडौं । सिमेन्ट उद्योगी व्यवसायीहरूले सिमेन्टको मूल्य घटाउने प्रतिवद्धता जनाएका छन् ।
आज निर्माण व्यवसायी महासंघ र सिमेन्ट उत्पादक संघबीच उद्योग मन्त्रालयमा भएको छलफलमा सिमेन्टको मूल्य घटाउने सहमति भएको निर्माण व्यवसायी महासंघले जनाएको छ ।
योसँगै काठमाडौं उपत्यकामा ओपीसी सिमेन्ट ७ सय रुपैयाँ र पीसीसी सिमेन्ट ६ सय रुपैयाँमा उपलब्ध गराउने प्रतिवद्धता सिमेन्ट व्यवसायीहरूले गरेका छन् ।
आफूहरूले सिमेन्ट उद्योगीहरू धराशायी हुने गरेर बजार भाउ नघटाउन र निर्माण व्यवसायीलाई मार पर्नेगरी नबढाउन सिमेन्ट उत्पादक संघले सुझाव दिएको थियो ।







