काठमाडौं। निर्माण व्यवसायी महासंघको अध्यक्ष पदमा निकोलस पाण्डे निर्वाचित भएका छन्।
निर्वाचन समितिले सार्वजनिक गरेको नतिजाअनुसार पाण्डेले ५१४ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन् भने उनका प्रतिद्वन्द्वी आङदोर्जी लामा ४१३ मतमै सीमित भए।
यसैगरी, वरिष्ठ उपाध्यक्ष पदमा रामजी पन्त ४७४ मतसहित विजयी भएका छन्।
महासचिवतर्फ भने पाण्डे समूहभन्दा बाहिरका शिवहरी घिमिरेले ५२७ मत प्राप्त गर्दै जित हासिल गरे। उनका प्रतिस्पर्धी बलिभद्र रानाले ३८० मत प्राप्त गरेका थिए।







