काठमाडौँ । नेपाल धितोपत्र बोर्डले औषधि उत्पादन कम्पनी ओम मेगाश्री फर्मासुटिकल्स लिमिटेडलाई आईपीओ निष्काशनको अनुमति दिएको छ।
बोर्डले (आज) माघ ३ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो । अब कम्पनीले १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता शेयर निष्काशन गर्ने भएको छ।
कम्पनीले प्रति कित्ता १०० रुपैयाँ मै शेयर निष्काशन गर्ने उल्लेख गरेको छ। शेयर निष्काशनको लागि प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ। नेपालको पुँजी बजारको इतिहासमा पहिलो पटक औषधि उत्पादन गर्ने कम्पनीले आईपीओ निष्काशन गर्न लागेको हो ।
झण्डै सवा अर्ब लगानीमा सुरु भएको ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको उत्पादन कारखाना चितवनको जुगेडीमा रहेको छ। यस कम्पनीमा गैर आवासीय नेपाली समेतको लगानी रहेको उल्लेख गरिएको छ ।