काठमाडौँ । कास्की जिल्लाको पोखरामा अवस्थिति अतिथि रिसोर्ट एण्ड स्पा लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीका अनुसार मङ्सिर १३ गते बोलाएको साधारणसभाको विशेष प्रस्तावमा आईपीओ निष्काशनको प्रस्ताव पेश हुन लागेको हो ।
उक्त कम्पनीले पोखराको लेकसाइडमा अतिथि रिसोर्ट एण्ड स्पा संचालन गरिरहेको छ। यो चार तारे रिसोर्ट हो ।
यस्ता छन् कम्पनीको सभामा पेश हुने भनिएका प्रस्तावहरु :
१. सञ्चालक समितिका तर्फबाट अध्यक्षले पेश गर्ने आ.ब. ०८१/०८२ को बार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने
सम्बन्धमा ।
२. आ.व.०८१/०८२ को वासलात तथा नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण, अनुसुचि सहितको लेखा परिक्षण प्रतिवेदन छलफल गरी पारित गर्ने सम्बन्धमा ।
३. चालु आ.व.०८२/०८३ को लागि सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम लेखा परिक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा ।
४. सञ्चालक समितिको गठन / निर्वाचन गर्ने साथै स्वतन्त्र सञ्चालकको नियुक्ति गर्ने सम्बन्धमा |
५. सञ्चालक समितिको बैठक भत्ता तोक्ने सम्वन्धमा ।
(ख) बिशेष प्रस्तावः
१. कम्पनीको अधिकृत र जारी पूँजी बृद्धि गरी प्रवन्धपत्रको सम्वन्धित दफा संशोधन गर्ने तथा पूँजी बृद्धि पश्चात शेयर जारी गरी चुक्ता पूँजी बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्वन्धमा ।
२. प्रवन्ध पत्रको दफा संशोधनमा नियामक तथा कार्यालयबाट कुनै परिमार्जन गर्न सुझाव वा निर्देशन भएमा सो अनुसार निर्णय गरी आवश्यक परिमार्जन गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्वन्धमा ।
३. सर्वसाधारणका लागि साधारण शेयर (IPO) निष्काशन गर्ने साथै IPO निष्काशन सम्वन्धि सम्पूर्ण निर्णय तथा कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने सम्वन्धमा ।







