काठमाडौँ। बुधवारका दिन ८ सय रुपैयाँले घटेको सुनको मूल्य आज बिहीबारका दिन समेत गिरावट आएको छ । नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सामान्य गिरावटसँगै सुनको मूल्य प्रतितोला १ लाख ७० हजार ३ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ७० हजार ५ सय रुपैयाँ कायम थियो ।

आज चाँदीको मूल्य भने बढेको छ। चाँदीको मूल्य ५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ९४५ रुपैयाँ कायम भएको छ ।  सुनको मूल्य बढ्ने आधार बाकी रहेको कारण थप बढेर जाने महासंघले जनाएको छ ।