काठमाण्डौ । नेपाली बजारमा आज लगातार तेस्रो कारोबारका दिन सुनको मूल्यमा गिरावट आएको छ । आज सुनको मूल्यमा प्रतितोला २२ सय रुपैयाँले घटेको छ।
नेपाल सुनचादी व्यवसायी महासंघका अनुसार आज यो गिरावटसँगै सुनको मूल्य प्रतितोला १ लाख ६८ हजार १ सय रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ७० हजार ३ सय रुपैयाँ कायम थियो । आज चाँदीको मूल्य पनि घटेको छ। चाँदीको मूल्य ३० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ९१५ रुपैयाँ कायम भएको छ ।







