काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य आज पनि बढेको छ। अघिल्लो दिन १४ सय रुपैयाँले बढेको सुनको मूल्य आज प्रतितोला ९ सय रुपैयाँले बढेको हो ।

बुधवार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ७० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन भने सुनको मूल्य प्रतितोला १ लाख ६९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । आज सुनसहित चाँदीको मूल्य पनि बढेको छ। चाँदीको मूल्य आज प्रतितोला १० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ९५० रुपैयाँ कायम भएको छ ।