काठमाण्डौ। आज फागुन २६ गते सोमबारका दिन नेपाली बजारमा सुनको मूल्यमा फेरि सामान्य बृद्धि भएको छ। आज प्रतितोला १ सय रुपैयाँले सुनको मूल्य बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ७० हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ।
अघिल्लो दिन सुनको मूल्य १ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ७० हजार ३ सय रुपैयाँ कायम भएको थियो। आज चाँदीको मूल्य भने स्थिर रहेको छ। चाँदीको मूल्य आज प्रतितोला १ हजार ९८५ रुपैयाँमा कारोबार भएको थियो।







