काठमाडौँ। अघिल्लो कारोबारका दिन आजसम्मकै उच्च बिन्दुमा पुगेको सुनको मूल्यमा आज सामान्य गिरावट आएको छ । आज, नेपाली बजारमा प्रतितोला ४ सय रुपैयाँले सुनको मूल्य घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ७४ हजार १ सय रुपैयाँ निर्धारण भएको छ । आज यही मूल्यलाई आधार मानेर कारोबार हुने भएको छ ।
गत शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ७४ हजार ५ सय रुपैयाँ पुगेको थियो । यो मूल्य हालसम्मकै उच्च हो । आज चाँदीको मूल्य पनि ओरालो लागेको छ। चाँदीको मूल्य ५ रुपैयाँले घट्दै प्रतितोला २ हजार ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।