काठमाडौँ । कुलमानलाई बर्खास्त गरेको विषयमा प्रधानमन्त्री केपी ओलीले सदनलाई चित्तबुझ्दो जवाफ नदिएसम्म सदन चल्न नदिने प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् ।
बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रचण्डले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विषयमा प्रधानमन्त्री ओलीले सदनलाई जवाफ दिनुपर्ने बताएका हुन्।
‘प्रधानमन्त्रीले रोष्टममा आएर स्पष्ट जवाफ दिनुपर्छ । चित्तबुझ्दो जवाफ आए सदन चल्छ, नत्र चल्दैन’, दाहालले भने ।
विपक्षी दलहरूले कुलमान घिसिङलाई हटाउनुको कारण सरकारले दिनु पर्ने माग गर्दै प्रतिनिधिसभाको दोस्रो बैठक समेत अवरोध गरेका थिए। पहिलो बैठकमा सभामुख देवराज घिमिरेले सदन सुरु गर्ने वित्तिकै विपक्षी दलहरू उठेर अवरोध गरेका थिए ।







