काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान र संघीयता विरोधीहरुको प्रयास कुनै पनि हालतमा सफल हुन नसक्ने दाबी गरेका छन्। आज सहिद लखन गाउँपालिकाको प्रशासनिक भवनको उद्घाटन गर्दै प्रचण्डले सबै क्षेत्रको पहिचानसहितको यो संविधान बनेको धारणा राखेका छन् ।
यो संविधान र व्यवस्था विरोधीहरू सफल हुने त कुनै सम्भावना छैन। तर हामीले जनतालाई सकारात्मक परिणाम दियौँ भने त्यो आफैँ बिलाएर जान्छ। प्रचण्डले भने तर सतर्क हुनुपर्ने उनको तर्क छ । फरक प्रसङ्गमा बोल्दै उनले नेपालमा केही छैन र केही हुँदैन भन्ने नकारात्मक भाष्य बन्दै गइरहेकोप्रति चिन्ता व्यक्त गरे।
उनले भने, ‘नेपाल संसारमै सम्भावनायुक्त भएको र युवाहरूले निराशा होइन, आशाको भावना बोकेर अघि बढ्नुपर्ने सुझाव दिएका छन् गोरखाको विकासमा आफू प्रधानमन्त्री हुँदा र अहिले प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले समेत निरन्तर ध्यान दिएको बताए।
उनले भने, ‘संघीयता कार्यान्वयन र स्थानीय तहलाई प्रभावकारी बनाउन म प्रधानमन्त्री हुँदा संघ, प्रदेश र स्थानीय तहबिच समन्वयका लागि पटक–पटक बैठक आयोजना गरेर संघीयताको कार्यान्वयनका लागि पहल गरेको थिएँ। त्यसका लागि धेरै काम अगाडि पनि बढाइएको थियो। तर केपी शर्मा ओली प्रधानमन्त्री भएपछि त्यो काम रोकिएको छ।’







