काठमाडौं। साताको पहिलो कारोबारको दिन आज शेयर बजार झिनो अंकले सुधार आएको छ । आज नेप्से परिसूचक ५.९८ अंकले बढेर २६६४.०१ को बिन्दुमा कायम भएको छ।
आइतबार ३१४ वटा कम्पनीको दुई करोड ८४ लाख ३८ हजार कित्ता शेयर खरिद–बिक्री हुदाँ १० अर्ब ८७ करोड ५९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज शेयर कारोबारमा भने उल्लेख बृद्धि भएको छ ।
बजार बढ्दै जाँदा लगानीकर्ताको संख्या पनि सोही अनुपातमा वृद्धि हुँदै जाने भएको कारण अब क्रमशः सेयर बजारमा लागनीकर्ताको उपस्थिती बाक्लिने लगानीकर्ताको भनाई छ ।
आज २ वटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ भने एउटामा नकारात्मक सर्किट लागेको छ । ७ वटा समूहका सूचक बढेका छन् । आइतबार कुल १०४ वटा कम्पनीको शेयरमूल्यमा हरियाली छाएको छ भने १४१ वटा कम्पनीको शेयरमूल्यमा भारी गिरावट आएको छ।







