काठमाडौँ । साताको पहिलो कारोबारका दिन शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । यस दिन नेप्से सूचक ११.५३ विन्दुले घटेर २६५०.११ अंकमा अडिएको छ।

आज ३०० कम्पनीको २ करोड ४० लाख ११ हजार कित्ता शेयर किनबेच हुँदा १० अर्ब २० करोड २७ लाख रुपैयाँको कारोबार भएको छ । ५ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् ।

अहिले नेप्से २६ को लेबलमा रहेको नेप्से लामो समयदेखि साइडवेज प्रवृत्तिमा चलिरहेको छ। २५ सयको तहबाट तल झर्न नमानेको बजार धेरै माथि जान पनि सकेको छैन ।

यस दिन ३ सय कम्पनीको २ करोड ४० लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ६६ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा राधी हाइड्रोपावर अग्रस्थानमा रहेको छ ।

त्यस्तै, युनिभर्सल पावर कम्पनीको ५४ करोड ६२ लाख रुपैयाँ र सानिमा माई हाइड्रोपावर लगायतको सर्वाधिक कारोबार भएको छ ।