काठमाडौँ । पाकिस्तानमा रहेका विद्यार्थी तथा अन्य नेपालीहरू सम्पर्क र सुरक्षित नै रहेको परराष्ट्र मन्त्रालयले जानकारी गराएको छ।
शुक्रवार प्रेस विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालयले पाकिस्तानस्थित नेपाली दूतावासले त्यहाँ रहेका सम्पूर्ण नेपाली विद्यार्थी एवं नेपालीहरूसँग निरन्तर सम्पर्कमा रहेर काम गरिरहेका जनाएको छ ।
‘हालै विकसित घटनाक्रमका सन्दर्भमा पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थी एवं अन्य नेपालीहरूको सुरक्षा तथा हित सुनिश्चित गर्ने तर्फ नेपाल सरकार पूर्ण रूपमा सचेत छ, ‘यसको निमित्त पाकिस्तानस्थित नेपाली दूतावासले त्यहाँ रहेका सम्पूर्ण विद्यार्थी एवं नेपालीहरूसँग निरन्तर सम्पर्कमा रही काम गरिरहेको छ’,विज्ञप्तिमा उल्लेख छ।








