काठमाडौँ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनसदर सार्वजनिक गरेको छ। कम्पनीले आर्थिक वर्ष २०८०र०८१ को आर्थिक स्थितिको लेखाजोखा र दायित्व मूल्यांकनसम्बन्धी बीमांकीय प्रतिवेदनका आधारमा नयाँ बोनसदर सार्वजनिक गरिएको जनाएको छ ।
नयाँ बोनसदर अनुसार सावधिक तथा आजीवन बीमालेखमा बीमा अवधिअनुसार न्यूनतम ६१ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म प्रतिहजारका दरले बोनस दिने भएको छ। ‘ त्यसैगरी अर्को सावधिक जीवन बीमालेखमा बीमा अवधिअनुसार ४५ रुपैयाँदेखि ६२ रुपैयाँसम्म र बालबालिकाको सावधिक जीवन बीमालेखमा ४२ रुपैयाँदेखि ५२ रुपैयाँसम्म बोनसदर दिने भएको छ।
सामूहिक सावधिक, नवरत्न, जीवन सञ्जीवनी, दम्पत्ति सुरक्षा प्लस, एशियन वार्षिक धनलाभ, भविष्य निधि बीमालेखका बिमितले प्रतिवर्ष न्यूनतम ४४ रुपियाँदेखि अधिकतम ५५ रुपियाँसम्म प्रतिहजारका दरले बोनस पाउनेछन् ।
त्यस्तै ‘अग्रीम भुक्तानी सावधिक जीवन बीमालेख’मा बीमा अवधिअनुसार न्यूनतम ५० रुपियाँदेखि अधिकतम ७० रुपियाँसम्म, बाल उच्च शिक्षा बीमालेखमा ४२ रुपियाँदेखि ५० रुपियाँसम्म बोनसदर दिने कम्पनीले जनाएको छ ।







