काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले शाखा प्रमुख र बजार अधिकृत पदमा कर्मचारी माग गरेको हो ।
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले देशभरि सञ्चालित १८ वटा शाखा कार्यालयको लागि शाखा प्रमुख र काठमाडौँ उपत्यका र बाहिरका शाखा कार्यालयको लागि बजार अधिकृत पदमा केही कर्मचारी माग गरेको हो ।
कम्पनीले आज एक सूचना प्रकाशन गर्दै वित्तीय क्षेत्रमा काम गरेका अनुभवी उम्मेदवारलाई बढी प्राथमिकता दिने उल्लेख गरेको छ । इच्छुक उम्मेद्वारहरुले आवश्यक कागजात संकलन गरी जेठ १८ गतेभित्र संस्थाको आधिकारिक इमेल मार्फत आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।








