काठमाडौँ । लामो समयसम्म ओरालो लागेको शेयर बजारमा साताको दोस्रो दिन सुधार आएको छ । आज नेप्से इन्डेक्स २२.९० अंकले बढेर २६३२.०५ को विन्दुमा कायम भएको छ।
आज ३२४ स्टकको ७१ हजार २८७ पटकको कारोबारमा ७ अर्ब ३५ करोड ८८ लाख ५५ हजार रुपैयाँ बराबरको १ करोड ६२ लाख ५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। नेप्से बढे पनि यस दिन अघिल्लो दिनको कारोबारको तुलनामा गिरावट आएको हो ।
आज ५ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । एउटा कम्पनीमा भने नकारात्मक सर्किट लागेको छ । आज मन्त्रिपरिषद्मा गभर्नर नियुक्तिको सम्भावनालाई लिएर लगानीकर्ताहरू उत्साहित देखिएका छन् । सो कारण पनि बजार उकालो यात्रातर्फ अघि बढेको शेयर विश्लेषहरुको बुझाई रहेको छ।
आज सबैभन्दा बढी राधी विद्युत कम्पनीको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ५९ करोड ७६ लाख ३५ हजार रुपैया बराबरको कारोबार भएको छ ।
त्यस्तै, नेपाल रिइन्स्योरेन्स कम्पनीको ५१ करोड ०७ लाख १५ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । यस कम्पनी कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको छ ।
त्यस्तै उक्त दिन हिमालयन रिइन्स्योरेन्स कम्पनीको ४१ करोड ७ लाख ९४ हजार रुपैंया, ङादी ग्रुप पावरको २७ करोड ३९ लाख १९ हजार रुपैयाँ कारोबार भएको छ ।







