काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले पुँजी बजारलाई प्राथमिकतामा राखेर बजेट ल्याएको जनाएका छन् । नेपाल धितोपत्र बोर्डको ३३औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले सो कुरा उल्लेख गरेका हुन् । अर्थमन्त्री पौडेलले सरकार पुँजी बजारको विकास र विस्तारमा समेत सकारात्मक रहेको दाबी गरे ।

‘यसले सरकार पुँजी बजारप्रति कस्तो छ भन्ने बजेटले देखाएको छ । धितोपत्र बोर्ड कुनै प्रभाव र दबाबमा पर्नु हुँदैन । सोही अनुसार बोर्डले काम अगाडि बढाउछ भन्ने अपेक्षा छ, उनले अगाडि भने, ‘ बोर्ड इन्साइडर ट्रेडिङको विरुद्ध हुनुपर्छ । साथ, लगानीकर्तालाई लगानीको सचेतना प्रदान गर्नुपर्छ । पुँजी बजारमा नयाँ इन्स्ट्रुमेन्ट भित्रिनु पर्छ ।’