काठमाडौं । सान्भि इनर्जीको आइपीओ आज सोमबार (जेठ २६ गते) बाँडफाँट भएको छ । गोलाप्रथामार्फत २ लाख ४१ हजार ५३० जनाले १० कित्ताका दरले सेयर पाएका छन् ।

बिक्री प्रबन्धक नेपाल एसबीआइ मर्चेन्ट बैंकिङका अनुसार २० लाख ४३ हजार २४९ जनाले आवेदन दिएका थिए । जसमध्ये २० लाख ३० हजार १५७ जनाले आवेदन मात्र स्वीकृत भएको छ।

कम्पनीले जेठ ९ देखि १३ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरमा २४ करोड १५ लाख ३० हजार रुपैयाँ बराबरको २४ लाख १५ हजार ३०० कित्ता सेयर निष्कासन गरेको थियो।

आइपीओको नतिजा सान्भिको वेबसाइट, बिक्री प्रबन्धकको वेबसाइट र सीडीएस एन्ड क्लियरिङ लिमिटेडले आइपीओ नतिजा हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/  बाट हेर्न सकिनेछ । यस्तै, मेरोसेयर एपमार्फत पनि आइपीओ नतिजा हेर्न सकिनेछ ।