काठमाडौँ। नेपाल धितोपत्र बोर्डमा विभिन्न पदका लागि रोजगार खुलेको छ बोर्डले आज शुक्रवार एक सूचना सार्वजनिक गर्दै सहायक निर्देशक ९अधिकृत तृतीय० र वरिष्ठ सहायक ९सहायक प्रथम० तहका पदहरूमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्ने गरी दरखास्त आह्वान गरेको छ।
बोर्डका अनुसार सहायक निर्देशक प्रशासन समूहमा खुला १, कानुन समूहमा मधेसी समावेशी १ र दलित समावेशी १ पदमा दरखास्त माग गरिएको छ। त्यस्तै, वरिष्ठ सहायक प्रशासन समूहमा खुला १ र महिला समावेशी १ गरी थप पदहरूका लागि आवेदन खुला गरेको हो ।
तोकिएको योग्यता पुगेका उम्मेदवारहरूले असोज २ गतेभित्र आवेदन दिन सकिने बोर्डले जनाएको छ । भने दोब्बर दस्तुर तिरेर असोज ९ गते भित्र बुझाउन सकिनेछ । बोर्डको आधिकारिक वेबसाइटमार्फत अनलाइन आवेदन दिन सकिने बोर्डले जनाएको छ ।








